विराटनगर – प्रदेश नम्बर–१ प्रदेशसभाको बैठक यही फागुन १५ गते बस्ने भएको छ ।
प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको सातौँ बैठक उक्त दिन दिउँसो १ बजे बस्ने प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
गएको मंसिर १ गते अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो । त्यसयता बैठक बसेको छैन ।
“मिति २०७४/०८/१ गतेका दिन अर्को सूचना नभएसम्मका लागि स्थगित भएको प्रदेश नं. १, प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको सातौँ बैठक मिति २०७८ साल फागुन १५ गते आइतबार दिनको १ः०० बजे प्रदेश सभाहल, प्रदेश नं. १, विराटनगरमा बस्ने व्यहोरा प्रदेशसभा नियावली, २०७४ को नियम ६ बमोजिम माननीय प्रदेशसभा सदस्यज्यूहरूको जानकारीका लागि माननीय सभामुखज्यूको आदेशानुसार यो सूचना प्रकाशित गरिएको छ,” सोमबार जारी सूचनामा भनिएको छ ।