
लमजुङ – करेन्ट लागेर लमजुङको घलेगाउँनजिकै जंगलमा एक युवकको मृत्यु भएको छ । सोमबार दिउँसो जंगल गएका ती युवकको विद्युतको खम्बा अड्याउने तारमा छुन पुग्दा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार क्व्होलासोंथर गाउँपालिका ३, बगुम गाउँका ३५ वर्षीय कुमबहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको हो । दिउँसो साढे ३ बजेतिर जंगलमा गुरुङलाई करेन्ट लागेको र उपचारका लागि बेंसीसहरस्थित जिल्ला अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
गम्भीर घाइते उनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याएपछि सोमबार साँझ ५ बजेर २५ मिनेट जाँदाती युवकलाई डाक्टरले मृत घोषणा गरेको डीएसपी कृष्णबहादुर कार्कीले बताए । युवकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।