२२ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ०९, २०७८

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना एमसीसी जस्तो सहयोग जो कसैले दिएपनि सहस्त स्वीकार्ने बताएका छन् ।

आज सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रवक्ता महतले बीआरआईमा आफैले हस्ताक्षर गरेको भन्दै उक्त अभिब्यक्ति दिएका हुन् ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका महतले एमसीसीलाई नेपालमा अनावश्यक राजनीतिकरण गरिएको र राष्ट्रघाती भनिएको बताए । एमसीसी जस्तो सहयोग जसले दिएपनि आँखा चिम्लिएर स्वीकार गर्ने भन्दै उनले भने, ‘बीआरआईमा मैले नै सही गरेको हुँ । नेपालको हित हुने कुनै पनि सहयोगलाई स्वागत गर्छौं ।’
उनले संसदबाट अनुमोदनमा सत्तारुढ दलहरुले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । महतले भने, ‘उहाँहरुले जसरी टेबल गर्न सहयोग गर्नुभयो, त्यसरी नै अनुमोदन गर्न सहयोग गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ । कसरी प्रस्तुत हुनुहुन्छ, १२ गतेपछि थाहा हुन्छ ।’

एमसीसी अनुमोदनका लागि सत्तारुढ दलहरुसँगै प्रमुख विपक्षीसँग पनि सम्वाद गरिरहेको भन्दै उनले सत्तारुढ गठबन्धनमा समस्या नआउने विश्वास व्यक्त गरे । प्रवक्ता महतले अघि भने, ‘कुन रुपमा सहयोग गर्नुहुन्छ हेर्न बाँकी छ, तर पास नहुने अवस्था आउँदैन ।’

सरकारले आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता पेश गरेको छ र संसदको अर्को बैठक फागुन १२ गते बोलाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]