०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ०९, २०७८

सप्तरी – मधेस प्रदेशको भौतिक पुर्वधार विकास मन्त्रालयले धनुषाको मुखियापट्टीमा भ्युटावर बनाउने भएकाे छ ।

मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर-२ स्थित बेलही टोलमा उक्त भ्युटावर बनाउन लागिएको हो ।

भ्युटावरको उचाइ ९० फिट रहने मन्त्रालयले जनाएको छ । मन्त्रालयले उक्त भ्युटावर ३ वर्षभित्र बनाउने लक्ष्य राखेको भौतिक पुर्वधार विकासमन्त्री रामसरोज यादवले जानकारी दिए ।

मन्त्री यादवले मुलुककै सबैभन्दा होँचो ठाउँमा भ्युटावर बनेपछि पिकनिक स्पटको रूपमा स्थापित हुने बताए ।

सोही ठाउँमा रहेको एक पोखरीको सौन्दर्यीकरण गरी त्यसमा डुंगा चलाउने व्यवस्थापन समेत गरिने मन्त्री यादवले जानकारी दिए ।

सो ठाउँमा बासस्थानको समेत व्यवस्था रहने छ । भ्युटावर र पिकनिक स्पटको क्षेत्रफल करिब १४ कठ्ठा रहने बताइएको छ । भ्युटावर निर्माण गर्न करिब ७ करोड रुपैयाँ लाग्ने मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]