०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ०९, २०७८

धनगढी – विवाहकाे नाचगानलाई लिएर भएकाे विवादमा कुटपिट हुँदा एक युवकको मृत्यु भएको छ।

कैलालीको भजनी नगरपालिका-९ स्थित विवाहमा भएको झगडामा सोही ठाउँ बस्ने २५ वर्षीय बसन्त चौधरीको आइतबार राति मृत्यु भएको हो।

प्रहरीका अनुसार विवाहमा बसन्तसहित सोही ठाउँ बस्ने २० वर्षीय दिनेश बिष्ट, गणेश सिंह, २५ वर्षीय लक्ष्मण बराल, २३ वर्षीय किशन बडैला, २३ वर्षीय प्रदीप कार्की, २५ वर्षीय दीपक अवस्थीलगायतका व्यक्तिहरू नाचगान गर्ने क्रममा विवाद भएको थियो। विवादपछि उनीहरुबीच झडपसमेत भएको थियो।

झडपमा कुटपिटबाट गम्भीर घाइते भएका बसन्तको घोडाघोडी अस्पताल सुख्खड कैलाली हुँदै मेडिकल कलेज कोहलपुरमा उपचार गरिएको थियाे। उपचारकै क्रममा उनकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ।

प्रहरीले कुटपिटमा संलग्न ४ जनालाइ नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]