२४ आश्विन २०८१, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ०९, २०७८

सप्तरी – आन्ध्र प्रदेशका उद्योगमन्त्री मेकापति गौतम रेड्डीको सोमबार बिहान हैदराबादको निजी अस्पतालमा हृदयघातका कारण निधन भएको छ ।

उनी ५० वर्षका थिए । सोमबार बिहानै रेड्डी आफ्नो घरमा बेहास पाइएका थिए । त्यसपछि उनलाई अपोलो अस्पतालमा भर्ना गरिएको थियो । डाक्टरले उनको उपचार गरेपनि उनी बाँच्न सकेनन् । उनको ९. १६ बजे निधन भएको हो ।

अस्पतालको तर्फबाट जारी बयानमा भनिएको छ, ‘आज बिहान गौतम रेड्डीलाई जुबली हिल्सस्थित अपोलो अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । उनी आफ्नो घरमा नै अचानक बेहास भएर लडेका थिए । उनी पौने ८ बजे अस्पताल आएका थिए । रेड्डीको सार चलिरहेको थिएन ।’

आइतबार मात्रै रेड्डी १० दिनपछि दुबईबाट फर्किएका थिए । उनी दुबई एक्स्पो २०२२ मा भाग लिन पुगेका थिए । रेड्डीसँग राज्यको सूचना प्रविभि विभाग पनि थियो । रेड्डीका पिता पूर्व सांसद मेकापति राजमोहन रेड्डी हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]