०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ०९, २०७८

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालयको बैठक बस्दैछ । अहिले दिउँसो १ बजे सचिवालयको बैठक बस्न लागेको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताएका हुन् ।

हिजो (आइतबार)को संसद बैठकमा अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना टेबल भएपश्चात् एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले असन्तुष्टि जनाएका थिए । हिजो पनि एकीकृत समाजवादीका भातृ संगठनलगायत एमसीसी विरोधी दलहरुको प्रदर्शनका कारण बानेश्वरस्थित संसद भवन परिसर तनावग्रस्त बनेको थियो ।

तर, प्रतिनिधिसभा संसदको बैठकपछि पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी संसदमा टेबल भए पनि पास गर्न समर्थन जनाउन नसकिने संक्षिप्त प्रतिक्रिया दिएका थिए । एमसीसीकै कारण सत्ता गठबन्धन र एकीकृत समाजवादीबीच मत विभाजित भइरहेको अवस्थामा सचिवालयको बैठक बस्न लागेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]