०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ०९, २०७८

सप्तरी – कर्णाली प्रदेशकै गौरवको आयोजनाका रुपमा रहेको रङ्गशाला निर्माणको काम धमाधम भइरहेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा निर्माणाधीन रङ्गशालामा यतिबेला डिजाईन, फिल्ड निर्माण लगायत पहिलो चरणका काम भइरहेका छन् ।

गत कार्तिक पहिलो साता मुख्यमन्त्री जीवनबहादुर शाहीले रङ्गशाला निर्माणको शिलान्यास गरेका थिए । कर्णाली खेलकुद परिषदका सदस्यसचिव विश्वामित्र संज्यालका अनुसार रङ्गशालाको निर्माण ३० महिनाभित्र सम्पन्न गरिसक्ने लक्ष्य छ ।

रङ्गशाला निर्माणको ठेक्का गत कात्तिक २८ गते एमएसी–जीएसएल कम्पनीले लिएको हो । संज्यालले रातोपाटीसँग भने, ‘निर्माण कम्पनीले ०८१ जेठ ११ गतेभित्र निर्माण सम्पन्न गर्ने समयसीमा छ ।’ उनका अनुसार कर्णालीमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत लक्षित गरेर रङ्गशाला निर्माणको कामलाई तीव्र गतिमा अघि बढाइएको छ ।

यो योजनाको कुल लागत एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रुपैयाँ छ । रङ्गशाला १० हजार दर्शक अट्ने क्षमताको बनाउने तयारी भइरहेको छ भने यसमा भलिबल, बास्केटबल लगायतका खेल खेल्न मिल्नेछ ।

यस्तै, भीआइपी वेटिङ रुम, भीआइपी प्याराफिट, मेडिकल वार्ड, रेफ्री, चेन्जिङ र रिफ्रेस रूम, स्वीमिङ पुल, पार्किङ लगायतका संरचनाहरु पनि निर्माण हुनेछन् ।

शनिबार मात्रै प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश सरकारको गौरवको आयोजना प्रदेश रङ्गशाला निर्माण कार्यको निरीक्षण गरेका छन् । उनले कर्णाली प्रदेश सरकारको एकमात्र गौरवको आयोजना भएकाले यो कामलाई जतिसक्दो छिटो सक्ने गरी काममा लाग्न निर्माण कम्पनीलाई निर्देशनसमेत दिएका छन् ।

पूर्व मुख्यमन्त्री शाही कै कार्यकालमा उक्त योजनाको पहल थालिएको थियो । ‘कर्णालीमा अहिलेसम्म जति निर्माण कम्पनी आए, उनीहरुले समयमै काम गर्न नसक्दा निर्माण कम्पनीहरुले विश्वास टुटाउने काम भएको छ,’ निरीक्षणका क्रममा उनले भने, ‘अहिले काम गरिरहेको कम्पनीले समयमै काम सक्नेमा विश्वास व्यक्त गर्दछु ।’

उनले दिनको यति घण्टा काम गर्ने भन्दा पनि दिनमा कति आउटपुट दिन सक्यौं भन्नेतिर लाग्न निर्माण कार्यमा संलग्न कर्मचारीलाई निर्देशनसमेत दिए ।

निरीक्षणका क्रममा कर्णाली खेलकुद परिषदका सदस्यसचिव विश्वामित्र संज्याल परिषदका कर्णाली प्रदेश सदस्य टक्क बहादुर शाही पनि सहभागी थिए । सदस्यसचिव संज्यालले रङ्गशालाको काम नरोकिने गरी काम अगाडि बढाउन आफूले निर्माण कम्पनीको निरन्तर ‘फलोअप’ समेत गरेको पूर्व मुख्यमन्त्री शाहीलाई जानकारी गराए ।

निर्माण कम्पनीले भने डिजाइनको कामकै लागि ६ महिना लाग्ने र त्यो अब सकिन थालेको जनाएको छ । डिजाइनको काम सकिएपछि आफूहरु भौतिक संरचनाको कामतिर केन्द्रित हुने निर्माण कम्पनीको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]