०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ०९, २०७८

जनकपुरधाम – नेपाल बैंक लिमिटेड लहान शाखाबाट निकालेको एक हजारको एउटा नोट नक्कली फेला परेको छ ।

नवराजपुर गाउँपालिका घर भएका पत्रकार जयनाथ यादवले बैंकबाट ३७ हजार रुपैयाँ निकालेका थिए । जसमा एउटा हजारको नोट नक्कली रहेको उनले बताएका छन् ।

‘माघ २३ गते सरस्वती पूजाको दिन बैंकबाट रुपैयाँ निकालेको थिएँ’, उनले भने, ‘केही खर्च भयो र बाँकी घरमै राखेको थिएँ । हिजो गाडीको भन्सार काट्न गएको बेला एक हजारको नोट नक्कली भएको थाहा पाएँ ।’

उनका अनुसार हजार रुपैयाँको उक्त नोटको रंग समेत फरक छ ।

नोट नक्कली जस्तो लागेपछि सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुवास बुढाथोकीलाई जानकारी गराएको उनको भनाइ छ ।

बैंकबाटै निकालेको रुपैयाँ नक्कली हुनु गम्भीर विषय भएको सुरक्षा अधिकारी बताउँछन् ।

बैंक प्रमुख सुरेन्द्र यादवले आवश्यक छानबिन गर्ने बताए । उनले भने– बैंकमा दैनिक करोडौंको कारोबार हुन्छ । त्यसैले जसमा नक्कली रुपैयाँ गएको छ, ती व्यक्ति आएपछि सीसी क्यामेरा शर्च गर्छौं । कसको काउन्टरबाट यस्तो त्रुटि भएको छ ।

नले सात महिना अगाडि पनि नक्कली नोट फेला परेको बताए । नोट फेला परेपछि राष्ट्रिय बाणिज्य बैंकमा बुझाउने गरेको र आवश्यक छानबिनसमेत हुने गरेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]