०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ०९, २०७८

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा कुनै हालतमा एमसीसी पारित गर्न सक्रिय भएका छन् । उनी कुनैपनि विकल्पमा गएर भएपनि एमसीसी पारित गर्न लागेका छन् । तर, असफल भएमा आफूले टेबल गरेको तर कम्युनिस्ट पार्टीहरुका कारण पारित नभएको दोष दिने दाउमा छन् ।

एमसीसी पारित गर्न देउवालाई गठबन्धनका दलहरुको पूर्ण समर्थन चाहिन्छ । तर, जसपाको डा. बाबुराम भट्टराई पक्षधरबाहेक उनलाई समर्थन छैन । टेबल गर्न सम्म प्रचण्ड लचिलो भएका छन् । माधवकुमार नेपालले टेबल गर्ने पक्षमै निर्णय गराउन सके । तर, झलनाथ खनालको विमति चुनौती बन्न थालेको छ ।

प्रचण्ड एमसीसी टेबल गराउने वातावरण मिलाउन बढ्दा आफ्ना कार्यकर्तालाई विरोधमा उतारिरहेका थिए । उनले कुनै हालतमा एमसीसीको पक्षमा मतदान नगर्ने बताइसकेका छन् । एमसीसीबारे निर्णायक मतदान हुँदा माओवादी सांसदहरु अनुपस्थित हुने सम्भावना छ । टेबल गर्दा अर्थमन्त्री जर्नादन शर्मा अनुपस्थित भएर त्यस्तो संकेत गरेका छन् ।

माओवादी अनुपस्थित भएमा नेकपा एसका सांसदहरुले मतदान गर्ने सम्भावना पनि छ । तर, सबै नेकपा एसका सांसद पक्षमा छैनन् । जसपाका १८ सांसद सबै मतदानमा भाग नलिने सम्भावना पनि छ ।

काँग्रेसको ६१, नेकपा एसको २३, जसपाको १८ गरी १०३ सांसद संख्या हुन्छ । यी सबैले मतदान गरेमा उपस्थित संख्याको बहुमत हुने आधार बन्छ । त्यसका लागि माओवादीका ४८ सांसद अनुपस्थित हुनुपर्नेछ ।

नेकपा एमालेका ९७ सांसद छन् । उनीहरु सबै उपस्थित भएर मतदानमा भाग नलिए देउवाका लागि चुनौती बन्न सक्छ । माओवादीका सांसद उपस्थित भएर मतदानको विपक्ष या कतै पनि मत दिएनन् भने पनि बहुमत पुग्न मुश्किल हुन्छ । त्यस्तो अवस्थामा देउवाका लागि नेकपा एमालेसँग राजनीतिक लेनदेन गरेर एमसीसीका लागि बढ्नुको विकल्प हुँदैन ।

देउवाले ओलीसँग राजनीतिक लेनदेन गरेर भएपनि एमसीसी पारित गर्ने प्रयास गरिरहेका छन् । तर, कुनै महत्वपूर्ण रणनीतिक लाभ हुने अवस्थामा मात्र ओली सहमत हुनसक्छन् । उनी सभामुखको बर्हिगमन चाहिरहेका छन् । त्यसमा देउवा सहमत भएमा घटनाक्रम फरक ढंगले विकास हुनसक्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]