०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ०९, २०७८

सप्तरी – चार दिनदेखि बेपत्ता भएका मन्थली नगरपालिका–१ का २७ वर्षीय दीपेश मानन्धर अझै फेला पर्न सकेका छैनन् । बिहीबार बिहान घरमा बुुबासँगै खाना खाएर मधुुमेहको परीक्षणका लागि अस्पताल जान्छु भनेर हिँडेका उनी अहिलेसम्म पनि घर नफर्किएको परिवारले जनाएको छ । ‘घरमा खाना खाएर म कार्यालयतर्फ हिँड्न लाग्दा छोराले म अस्पतालमा चेकअप गराएर आउँछुु भनेको थियो । म कार्यालय गएँ, छोरा कता गयो, बेलुकासम्म घरमा नआएपछि खोजबिन सुरु गरे पनि आइतबार साँझसम्म सम्पर्कमा आएका छैनन्,’ बाबु दिलकुमार मानन्धरले भने ।

दीपेशले बोक्दै आएको मोबाइल, पैसा र अन्य कागजातसमेत घरमै छाडेकाले खोजबिनमा झनै समस्या भएको मानन्धरले बताए । कहीँ कतै फेला पार्न नसकेपछि दीपेशका बाबुले प्रहरीमा खोजबिनका लागि निवेदन दिएका छन् ।

नेपाल टेलिकमबाट कल डिटेलसमेत निकालेर हेर्दा दीपेशले कसैसँग पनि टेलिफोन सम्पर्क गरेको नभेटिएको प्रहरीले जनाएको छ । कम्प्युटर विज्ञान विषयमा स्नातक उत्तीर्ण गरेका दीपेशलाई छिनछिनमा निदाउने र शरीरमा आलश्यता पैदा हुने रोग लागेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]