०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०८, २०७८

सप्तरी – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसिसीविरूद्ध उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गरेका छन्।

आइतबार दिउँसो प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबल भएसँगै संसद भवन बाहिर प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। त्यसै क्रममा प्रहरीमाथि प्रदर्शनकारीले ढुंगामुढा गरेको थियो।

यस्तै, प्रहरीले पनि बल प्रयोग गर्दै प्रदर्शनकारीमाथि पानीको फोहरा, अश्रु ग्यास र लाठी चार्ज गरेको थियो।

विरोध प्रदर्शनमा प्रदर्शनकारी तथा प्रहरी दुबै तर्फबाट थुप्रै घाइते छन्।

‘विवाद र विरोधबीच सरकारले एमसिसी टेबल गरेको छ। हाम्रो पार्टी र संसदीय दलले एमसिसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ,’ प्रचण्डले फेसबुकमा लेखेका छन्,‘एमसिसी टेबल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गर्दै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’

प्रतिनिधि सभाको बैठकमा एमसिसी अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने कार्यसूची थियो। तर सचिवालयले उनी बिरामी परेको जानकारी दिएको थियो। उनी अनुपस्थित भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी टेबल गरेका थिए।

टेबल गर्नुअघि नेकपा माओवादीका प्रमुख सचेतक देव गुरूङले पनि राष्ट्रिय सहमति नभएको भन्दै असहमति जनाएका थिए।

एमसिसी टेबल भएसँगै प्रतिनिधि सभाको बैठक स्थगित भएको थियो। अर्को बैठक फागुन १२ गते बस्नेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]