
सप्तरी – सरकारले स्थानीय चुनाव वैशाख ३० गते निर्णय गरियाे तर यतिबेला सप्तरीकाे डाकनेस्वरी नगरपालिकाकाे वडा न ९ पर्थगडा चुनावले रङ्गिएकाे छ । पूर्वपश्चिम हुलाकी सडक खण्डको पर्थगडा पुगेपछि जाे काेहि पनि चुनावकाे व्यापक प्रचरप्रसारले एकछिन ध्यानाकर्षण गराउन गरिनछ ।
याे चुनाव कुनै स्थानीय, प्रदेश वा संघकाे होइनन् ।एक उच्च माविमा बिद्यालय ब्यबस्थापन समितिकाे चुनावी प्रचारप्रसारमा देखिएको दृश्य हाे याे । फालगुन ९ गते चुनावका लागि आइतबार बिद्यालय बन्द गरिएको छ । विगत एक हप्तादेखि दुई पक्षको प्रचारप्रसारमा झण्डै १ सय वटा माेटरसाइकल परिचान हुनेगरेकाे छ । विद्यालय व्यवस्थापन समितिकाे चुनावलाई लिएर स्थानीय चिन्तित बनेकाे छ ।स्थानीय रामदेव खङ्गले भने हजुर याे त स्थानीय चुनावभन्दा भड्किलो छ । दैनिक जसाे ५०/ १०० जनालाई दारुमासु माेटरसाईकल रर्यालि भाेटतानन रकमकाे चलखेल हजुर याे त बुझनै ग्राहाे छ । सप्तरीको एसएलसी उच्च मा वि माैहकिपर्थगडा हाल डाकनेस्वरी नगरपालिका वडा न ९ काे विद्यालय व्यवस्थापन समितिकाे चुनावि खर्च थियाे ।

विक्रम समवत २०१६ सालमा स्थापन भएको उक्त विद्यालयमा बिगत लामाे समयसम्म विद्यालय व्यवस्थापन समिति गठन नहुदाँ राजनिती रङ्गमा रङ्गएकाे हाे ।१हजार ४ सय विद्यार्थी अध्यनरत साे विद्यालयमा १ हजार ४० अभिभावक रहाेकाे छ । दुई पक्ष चुनावमा उत्रेपछि एकहप्तादेखि विद्यालय वरिपरिका चुनाव प्रचारप्रसार सामग्रीले भरिभराउ छ । विद्यालय व्यवस्थापन समितिकाे चुनावमा माछा चुनाव चिन्हवाट अमरनाथ यादव,श्रीप्रसाद यादव,जानकि देवी र भवानी देवि खङ्ग रहेको छ यसैगरी चुनाव चिन्ह घडि छापवाट रामदेव यादव,शङ्कर प्रसाद सिहं ,कलावति देवि मण्डल र राधा देवि साह रहेकाे छ ।दुई पक्षीय चुनावले स्थानीय बाँसिहरुले जसपा र काग्रेस बिचकाे चुनाव रहेको बताएका छन ।

दारुपाटिमा ३ लाख खर्च
विद्यालय व्यवस्थापन समितिकाे चुनावले एक पक्षको गुटलाई साढे तिनलाख खर्च भएकाे हाे । स्थानीय मदिरा व्यापारीका अनुसार दशदिनदेखि मदिरामा मात्र ३० हजारदेखि ५० हजार सम्मकाेबिल बन्ने गरेकाे छ ।
