०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०८, २०७८

सप्तरी – पहिलो पटक अन्तर्राष्ट्रिय जगतमा नेपाल र भारतबीच गेट वे पेमेन्टको शुरुवात भएको छ । द नेशनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) ले नेपालबाट समेत डिजिटल भुक्तानी गर्न सकिने गरी हालैमात्र यूपीआई प्रणालीको शुरुवात गरेको हो ।

कम्पनीले हौमात्र नेपालस्थित एनपीसीएल इन्टरनेशनल पेमेन्टस् लि. (एनपीएल) को अन्तर्राष्ट्रिय गेटवे पेमेन्ट सर्भिस (जीपीएस) र मनाम इन्फोटेकसँग डिजिटल कारोबारको साझेदारीको सहमति गरेको छ । योसँगै अब नेपाल–भारत डिजिटल कारोबारमा नयाँ आयामको शुरुवात भएको कम्पनीको दाबी छ । त्यसो त यो नै अन्तर्राष्ट्रिय जगतमा भारतीय डिजिटल भुक्तानीमा भएको पहिलो उपलब्धी हो ।

मनाम इन्फोटेकले नेपालमा एकीकृत भुक्तानी इन्टरफेस (यूपीआई) लागू गर्नेछ, जसको आधिकारिक भुक्तानी प्रणालीको अपरेटिङ जीपीएसमार्फत हुनेछ । नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डिया (एनपीसीएल)ले यस्तो सहकार्यले छिमेकी देशमा व्यक्तिदेखि व्यक्ति र व्यक्तिदेखि व्यापारीकसम्म लेनदेनमा सहजीकरण हुनेदेखि थप सम्बन्ध प्रगाढ हुनेसमेत बताएको छ ।

यूपीआई विश्वको एक लोकप्रिय डिजिटल भूक्तानीको माध्यम हो । जसले भारतमा पी टु पी र पी टु एम लेनदेनहरुमा सहजीकरण गर्दै आएको छ । जसमार्फत वार्षिक झण्डै ९४० बिलियन अमेरिकी डलर बराबरको कारोबार हुने गरेको कम्पनीको दाबी छ । यो सन् २०२१ को भारतको जीडीपीको करिब ३१ प्रतिशत हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]