सप्तरी – दाङमा फेला परेको प्रेसर कुकर बम डिस्पोज गरिएको छ। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका-७ को सडक किनारमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाले आइतबार बिहान ११ बजेतिर डिस्पोज गरेको हो।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार प्रेसर कुकरमा ‘नो एमसिसी’ लेखिएको थियो। बस शनिबार राति ११ बजेतिर सवारी चालकले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
त्यसपछि प्रहरी राति नै घटनास्थल पुगेर राजमार्ग एकतर्फी सञ्चालन गरेको थियो।
नेपाली सेनाले त्यो प्रेसर कुकर बम नै भएको जानकारी दिएको छ।