
सप्तरी
एमसीसीबारे के भनौँ, सबै बुद्धिजीवि विद्वान !
बरु सुन्नुहोस्, केही गाउँ खाने कथा र केही उखान !
नखाऊँ भने दिनभरिको शिकार
खाऊँ भने कान्छा बाको मुहार !
वनको बाघभन्दा ठूलो यहाँ मनको बाघ भयो
भ्रमको खेतीले हेर तिलको त पहाड बनी गयो !
एक भाइ छ जो खुर्सानीबिना भागै नबस्ने !
ठुल्दाइचाहिँ खुर्सानी भएको भान्सै नपस्ने !!
ताक परे तिवारी नत्र गोतामे विदेश नीति
नेपालबाहेक अन्यत्र पाइन्न सितिमिति !
पहिले आफ्नै गाँठो बलियो नबनाउने
अनि छिमेकीलाई मात्रै दोष लगाउने ?
बन्न छोड आफैँ धामीझाँक्री आफैँ प्रेत
बरु बनौँ आफ्नै खेताला रोप्ने भए खेत !
नाच्न नजान्ने अनि भन्ने आँगन टेढा
खाने आलु धाक लगाउनेचाहिँ पेडा ?