०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०७, २०७८

सप्तरी – सुर्खेतमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरूमा भेरीगंगा नगरपालिका वडा- १० का २० वर्षीय रवीन सिंजाली र सोही ठाउँका १७ वर्षीय योगेश बुढा रहेको प्रहरीले जनाएको छ ।

छिन्चुबाट कोहलपुरतर्फ जाँदै गरेको लु ८० प ८४९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

हिजो राति करिब साढे दश बजेतिर भेरीगंगा नगरपालिका वडा -४ हर्रे नजिक सडकबाट मोटरसाइकल करिब दुई सय मिटर तल खस्दा चालक र पछि सवार यात्रुकाे घटनास्थलमै मृत्यु भएको हो ।

हिजो राती दुर्घटना भए पनि उनीहरूको शव आज बिहान मात्रै पाेस्टमार्टमका लागि मेहेलकुना अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएस्पी रामप्रसाद घर्तीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]