काठमाडौं – एमसीसीबारे ठोस निर्णय गर्न नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित अर्याल होटलमा बैठकमा सुरु भएको हो।
बैठकको एजेण्डा एमसीसी भएको बताइएको छ। बैठकबाट एमसीसीबारे पार्टीको एकीकृत धारणा बनाइने नेताहरूले बताएका छन्।
एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल एमसीसी जस्ताकोतस्तै संसदबाट पारित गर्न नहुने अडानमा छन्। यहीबीच पार्टीले उक्त विषयमा आधिकारिक धारणा तय गर्ने भएको छ।