०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०६, २०७८

सप्तरी – अमेरिकाले एमसीसीलाई लिएर हिंसा भड्काउने विचार स्वीकार्य नहुने बताएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजमार्फत शुक्रबार अपरान्ह आफ्नो धारणा सार्वजनिक गर्दै अमेरिकाले एमसीसीका विषयलाई लिएर हिंसा वा हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य नहुने बताएको हो ।

एमसीसीलाई लिएर नेपालभर सडक प्रदर्शन भइरहेका बेला अमेरिकाले सो धारणा सार्वजनिक गरेको हो । अमेरिका वाक स्वतन्त्रता र तथ्यमा आधारिक खुला बहसको समर्थक रहेको र एमसीसीको विषयमा पनि सोही धारणा रहेको भन्दै उसले हिंसा भड्काउने विचार स्वीकार्य रहेको बताएको हो ।

‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं, । एमसीसीको बिषयमा पनि हाम्रो धारणा त्यही हो। आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहीत विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ। तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन्,’ काठमाडौंस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजमा लेखिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]