०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०६, २०७८

सप्तरी – संसार लाखौँ रहस्यले भरिएको छ । जुन वैज्ञानिकहरूले पनि पत्ता लगाउन सकेका छैनन् । आज हामी तपाईंलाई एउटा यस्तो रहस्यको बारेमा बताउँदै छौँ । यो रहस्य डेथ भ्याली क्यालिफोर्नियाको हो । यो उपत्यका ढुङ्गाका कारण विश्वभर नै प्रसिद्ध छ ।

रहस्यको कुरा, यहाँ ढुङ्गाहरू हिँडेर एक ठाउँबाट अर्काे ठाउँमा पुग्छन् । र आफ्नो छाप पनि छोड्छन् । यो छाप देख्दा मरुभूमिको धुलोमा गाडीले छाप छोडेको जस्तो लाग्छ । जुन रहस्य अझै पत्ता लाग्न सकेको छैन ।

यहाँका ढुङ्गाहरू कसरी आफैँ हिँड्छन् भन्ने बारेमा धेरै वैज्ञानिकहरूले अनुसन्धान गरे तर उनीहरूका लागि अझै यो रहस्यमय नै बनेको छ ।

यहाँ धेरै स्वदेशी तथा विदेशी पर्यटकहरू हेर्न आउने गर्छन् । यो पूरै दुई सय २५ किलोमिटरको क्षेत्रफलमा फैलिएको छ । अझसम्म यी ढुङ्गाहरू हिँडेको कसैले देखेका छैनन् । तर, यी ढुङ्गाहरू सरेपछि लामो लाइन छोड्छन् । यी छापहरूले देखाउँछ कि ढुङ्गाहरू एक ठाउँबाट अर्काे ठाउँमा सर्छन् ।
१ किलोमिटरसम्म सर्छ ढुङ्गा
सन् १९७२ मा यो रहस्य थाहा भएको थियो । यसका लागि वैज्ञानिकहरूको टोली यहाँ आएर यी ढुङ्गामाथि वैज्ञानिकहरूले सात वर्षसम्म अनुसन्धान गरेका थिए ।

ढुङ्गाको बारेमा पत्ता लगाउने प्रयास गर्दा एक किलोमिटर टाढा गएर ढुङ्गा फेला परेको थियो । यसले गर्दा वैज्ञानिकहरू नै छक्क परेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]