१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर १९, २०७७

सप्तरी – प्रिमियर लिग क्लब टोटेनहम युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा बराबरी खेल्दै अंक बाँडेर नकआउट चरणमा प्रवेश गरेको हो ।

समूह जेको खेलमा टोटेनहमले अष्ट्रियन क्लब लास्कसँग ३–३ गोलको बराबरी खेलेको हो । खेलको ४२ औं मिनेटमा घरेलु टोली लास्कले पिटर मिकोरलको गोलमा अग्रता बनाएको थियो । पहिलो हाफको इन्ज्यूरी समयमा ग्यारेथ बेलले पेनाल्टी मार्फत गोल गर्दै पाहुना टोलीलाई बराबरीमा ल्याए । पहिलो हाफमा १–१ गोलको बराबरी खेलेका दुबै टोलीले दोस्रो हाफमा थप दुई दुई गोल गरेका हुन् । खेलको ५६ औं मिनेटमा ह्युङ मिन सनले टोटेनहमलाई २–१ ले अग्रता दिलाए । खेलको ८४ औं मिनेटमा जोहान्स एगेन्स्टीनले गोल गर्दै टिमलाई बराबरी दिलाए । खेलको ८६ औं मिनेटमा डेले अलीले गोल गर्दै पाहुना टोलीलाई ३–२ गोलको अग्रता दिलाए खेलको इन्ज्यूरी समयमा लास्कका ममौदो करमोकोले गोल गर्दै टोटेनहमलाई बराबरी दिलाए ।

समूहमा शीर्ष क्लब एन्टवर्पको १२ अंक छ । दोस्रो स्थानमा रहेको टोटेनहमको १० अंक छ । लास्क ७ अंक बटुल्दै समूह तेस्रो स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]