०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०६, २०७८

सप्तरी – ओमानमा जारी आइसिसी विश्वकप छनोट क्रिकेट अन्तर्गत ग्लोबल क्वालिफायरमा नेपालले पाँचौ सफलता हात पारेको छ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले पाँचौ सफलता दिलाए। उनले जिसान मक्सुदको विकेट लिए। यो सँगै ओमानले ८ ओभरमा ३३ रन बनाएर ५ विकेट गुमाएको छ।

यसअघि सन्दिप लामिछानेले चौथो सफलता दिलाएका थिए। उनले सातौं ओभरको चौथो बलमा खावल अलीको विकेट लिए।

त्यसअघि नेपालका लागि कमल सिंह ऐरी र जितेन्द्र मुखियाले १-१ विकेट लिए। तेस्रो विकेट नेपालले रनआउटबाट लिएको थियो।

टस हारेर पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनाएको हो।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन बनाए। उनले ३७ बलमा २ चौका प्रहार गरे। यस्तै कप्तान सन्दीप लामिछानेले ७ बलमा १६ रन बनाए।

खराब ब्याटिङ गरेको नेपाली टिमका कुनै पनि खेलाडीबीच गतिलो साझेदारी हुन सकेन।

नेपालका पाँच खेलाडीले मात्र दोहोरो अंक जोड्न सके। नेपालको स्कोर मात्र ६ रन हुँदा पहिलो विकेट गुमेको थियो।

ओपनर आशिफ शेख मात्र चार रनमा आउट भए। त्यसपछि कुशल भुर्तेल पनि ब्यक्तिगत पाँच रनमा आउट भए।

त्यसपछि पूर्व कप्तान ज्ञानेन्द्र मल्ल ब्यक्तिगत १५ रनमा पेभेलियन फर्किए। उनले १५ बलमा दुई चौका प्रहार गरेका थिए। मल्ल आउट हुँदा नेपालको स्कोर बोर्डमा ३३ रन थियो।

नेपालको विकेट झर्नेक्रम यतिमा रोकिएन। ४० रन हुँदा दिपेन्द्रसिंह ऐरी ब्यक्तिगत ११ रनमा आउट भए।

अन्तिममा कप्तान सन्दीप लामिछानेले उत्कृष्ट पारी खेले। उनले सात बलमा एक चौका र एक छक्काको मद्दतमा अविजित १६ रन बनाए।

बलिङमा खवर अलीले तीन, बिलाल खानले दुई तथा फय्याज बट र जिशान मकसूदले एक/एक विकेट लिए।

यो प्रतियोगिता अघि ओमानसँग खेलिएको चार देशीय सिरिजमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो।

सोही प्रदर्शन दोहोर्‍याउने रणनीतिमा हुने छ । आजको खेलमा शरद भेषावकर, गुल्सन झा र सागर ढकाललाई बाहिर राखिएको छ।

नेपालको प्लेयिङ सेट

सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, जितेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव र लोकेश बम ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]