०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण ०५, २०७८

सप्तरी – सुरुङ्गा नगरपालिका–२ की उर्मिला निरौला खेलौना (गुडिया) बनाएर आवश्यकता पूरा गर्दैै आएका छन्।

उनि आत्मनिर्भर बन्न र स्वरोजगार बन्न समेत खेलौना बनाउने सीपसमेतक सिक्दै छन् । निरौला बौद्धिक अपाङ्गता अभिभावक सङ्घले आयोजना गरेको दुईहप्ते तालिममा सहभागी छन् ।

निरौला ३५ किलोमिटर टाढा राजविराज आएर दैनिक तालिम लिइरहेका छन् । अविवाहित उनले आत्मनिर्भर हुन सीप सिकिरहेको बताए ।

“म कसैको बोझ बन्न चाहन्न”, निरौलाले भने । भारतीय बजार नजिकै भएका कारण अगरबत्ती, साबुन, मैनबत्ती जस्ता समानमा प्रतिस्पर्धा गर्न नसक्दा खेलौना बनाउन आकर्षित भएको उनको भनाइ छ ।

निरौला जस्तै अन्य अपाङ्गता भएका महिलाले तालिम लिइरहेका छन् । तालिममा राजविराजसहित सप्तकोसी, सुरुङ्गा, बोदे बर्साइन, हनुमाननगर कङ्काल्नी नगरपालिकालगायतका महिला सहभागी छन् ।

खेलौना बनाउने तालिममा सहभागी भएपछि उनीहरू आशावादी बनेका छन् । सप्तकोसी नगरपालिका–१ फत्तेपुरबाट ४० किमीको बसयात्रा तय गरेर तालिममा सहभागी भएकी उर्मिला चौधरी यसबाट जीविकोपार्जन गर्न मद्दत पुग्ने बताउछन् ।

उनका श्रीमान् खगेनको कोभिड–१९ का कारण गत असार ४ गते ज्यान गयो । अपाङ्गता भएकी उर्मिला त्यसयता सहाराविहीन भएका छन् ।

ऐलानी १० धुर जग्गामा बसोबास गरिरहेकी उर्मिलालाई वृद्ध सासूको स्याहार र १३ वर्षीय छोरोको लालनपालनको जिम्मेवारीसमेत सम्हाल्नु परेको छ ।

दुवै जनाको स्याहारका लागि कुनै न कुनै सीप सिकेर आम्दानीको बाटो खोज्नुपर्ने उर्मिलाको बाध्यता छ ।

यसैगरी हनुमाननगर कङ्काल्नी–१२ की सङ्गीता खड्का पनि क्षमता विकास र आयआर्जनका लागि तालिममा सहभागी छन् ।

अविवाहिता खड्काले घरमै ट्युसन पढाउने र किशोरी शिक्षा दिने गरिरहेको बताए । खेलौनाको माग बढ्दै गएको उनले बताए ।

राजविराज नगरपालिका–८ की आरती मण्डल खेलौनाले बनाउने तालिम लिनथालेपछि सीपले जीवन गुजार्न सहज हुने विश्वास व्यक्त गरे ।

“तालिमले केही गरेर बाँच्न सकिन्छ भन्ने मनोबल बढेको छ”, उनले भने, “घरमै बसेर आय आर्जनको अवसर पाउने विश्वास छ ।”

पहिलो पटक अपाङ्गता भएका महिलालाई तालिम प्रदान गरिएको प्रशिक्षक कविता दासले बताए । तालिममा अपाङ्गता भएका रीका २० जना सहभागी छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]