०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण ०५, २०७८

सप्तरी – नेकपा एमालेका शीर्ष तहका नेताहरुले आज बस्ने भनिएको गठबन्धनको बैठकको निर्णय पर्खिएका छन् । गठबन्धनको बैठकपछि अमेरिकी सहयोग परियोजना एमसिसीबारे आफ्नो दलको अन्तिम धारणा बाहिर ल्याउने तयारीमा उनीहरु छन् ।

नेकपा एमालेले एमसिसीको मुद्दामा गठबन्धन फुट्न सक्ने अनुमान गरेका छन् ।

गठबन्धन फुटेको खण्डमा आफूहरुलाई एमसिसीबारे धारणा बनाउन सहज हुने र सत्तापक्षको कदमअनुसार यसबारे आफ्नो धारणा बनाउने उनीहरुले तयारी गरेका हुन् ।

‘पहिले गठबन्धनको निर्णय के आउँछ भन्ने हेरौँ,’ नेकपा एमालेका एक नेताले फरकधारसँग भने, ‘त्यसपछि हाम्रो पार्टीको अन्तिम धारणा पनि आउँछ ।’

के एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन भत्किएको खण्डमा प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेको साथ रहन्छ भन्ने सम्झौता गरेका हुन् भन्ने प्रश्नमा ती नेताले बताए, ‘अध्यक्ष र प्रधानमन्त्रीबीच मात्र कुरा भएको हो भने अर्कै कुरा अन्यथा पार्टीको नेतृत्व पंक्तिमा यस्तो कुरा भएको छैन, यसबारे आजको बैठकपछि मात्र छलफल हुन थाल्छ ।’

सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले एमसिसी संसदमा टेबल गर्न नमानेपछि गठबन्धन फुटको डिलमा पुगेको छ । एमसिसीबारे निर्णायक बैठक गर्न आज साँझ बालुवाटारमा गठबन्धनको बैठक बस्दै छ ।

यसअघि बुधबार नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसिसी टेबल भएको खण्डमा गठबन्धन छोड्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]