०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण ०५, २०७८

सप्तरी – मेलम्ची नदीको मुहानमा बाढीले ल्याएका ठूला ढुङ्गालाई विष्फोट गराउन नेपाली सेनाले शुक्रबारदेखि शुरु गर्ने भएको छ । स्काभेटर ब्रेकरले उक्त ढुङ्गाहरु फुटाउन नसकिएपछि मेलम्ची खानेपानी आयोजनाले सेनासँग सहयोग मागेको थियो ।

मुहान क्षेत्रमा रोडा निकाल्ने काम अन्तिम चरणमा पुगेको छ । आयोजनाले अस्थायी रुपमा चैत भित्रमा काठमाडौं उपत्यकामा खानेपानी ल्याउने गरी काम गर्ने जिम्मा पुरानै चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोलाई जिम्मा दिइसकेको छ । विष्फोटक पदार्थसहित सेना मुहान क्षेत्रमा पुगिसेको छ ।

भोलिदेखि विष्फोटन गरी काम सुरु गर्ने मेलम्ची खानेपानी विकास समिति प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । हाल मेलम्ची खोलाको मुहानमा १२ वटा डोजर र २२ वटा ट्रिपरले काम धमाधम भइरहेको पन्तले जानकारी दिनुभयो । आयोजनाले फागुन दोस्रो सातासम्म मुहान सफाइको काम सम्पन्न भइसक्ने जनाएको छ ।

मुहान सफाइमा माथिल्लो तहमा गिटीवालुवा मात्र भेटिए पनि तल्लो तहमा ठूल्ठूला ढुङ्गा भेटिएपछि विष्फोटननै गर्नुपर्ने भएको हो । गत असार एक गतेको बाढीपहिरोले क्षति पु-याएपछि मेलम्चीको पानी पिउने काठमाडौं उपत्यकाबासीको सपना पर धकेलिएको छ । आउने चैतसम्म काठमाडौं उपत्यकामा १७ करोड लिटर पानी दैनिकरुपमा वितरण गर्ने लक्ष्य समितिको छ ।
बाढीपहिरोले मेलम्ची खोलामा खनिएको सुरुङ क्षेत्रको ड्याम आसपास क्षति हुँदा एक अर्व ८८ करोड रुपैयाँको नोक्सान भएको समितिले जनाएको छ । हालसम्म करिव ३५ अर्व लगानी भइसकेको यो आयोजनाले २०७७ चैत १५ गते मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीको धारामा परीक्षण स्वरुप वितरण गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]