०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण ०५, २०७८

विराटनगर – दुर्घटनाका घाइतेको मृत्यु भएपछि विराटनगरको बरगाछीमा रहेको लाइफ गार्ड अस्पताल बिहीबार बिहानैदेखि तनावग्रस्त बनेको छ। मोटरसाइकल दुर्घटनामा परेर सुनसरीको बर्जु गाउँपालिका–१ का २२ वर्षीय धनीलाल उराउको मृत्यु भएको हो। शुक्रबार राति १० बजेतिर को २८ प ३८०७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका उराउलाई उपचारका लागि लाइफ गार्ड ल्याइएको थियो। उनको उपचारका क्रममा बिहान ५:३० बजेतिर मृत्यु भयो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उराउले अत्यधिक मादक पदार्थ सेवन (मापसे) गरेर मोटसाइकल चलाएका कारण दुर्घटना भएको खुलेको छ।

उनको मृत्यु भएपछि आफन्त र परिवारका सदस्यले शव घरतिर लैजाने तयारी गरेका थिए। त्यत्तिकैमा भेला भएको एउटा समूह शव लैजान नदिइकन नाराबाजी र प्रदर्शनमा उत्रिएको अस्पतालका प्रशासन प्रमुख निरज श्रेष्ठले जानकारी दिए। उनका अनुसार आक्रोसित भीडले अस्पताल बाहिर नाराबाजी र प्रदर्शन जारी राखेको छ।

बरगाछी–चाँदनी चोक सडकखण्ड अवरुद्ध बनाउँदै अस्पताल प्रवेशद्धारकै सडकमा टायर बालेर प्रदर्शन जारी राखिएपछि स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। ‘दुर्घटनाका घाइतेको मृत्यु भएपछि भेला भएको भीडले अस्पतालविरुद्ध आन्दोलन थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ,’ उनले भने, ‘कुनै पनि अप्रिय घटना हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाएर आक्रोसित बनेकाहरुलाई सम्झाईबुझाई गर्ने काम भइरहेको छ।’

स्थानीय वेदराज राउतले अस्पताल भर्ना गर्नेबित्तिकै उपचारमा चासो नदिएका कारण घाइतेको मृत्यु भएको दाबी गरे। चिकित्सकले ध्यान नदिँदा र उपचारमा लापरबाही गरिँदा घटना भएपछि आफन्त, परिवारका सदस्य र स्थानीय आक्रोसित बनेर अस्पतालविरुद्ध आन्दोलन थालेको उनको भनाइ छ। अस्पतालका प्रशासन प्रमुख श्रेष्ठले भने शव लैजान परिवारका सदस्य राजी भए पनि तेस्रो पक्ष आएर लफडा गरिरहेको बताए।

‘गम्भीर अवस्थाका घाइतेको उपचारका क्रममा मृत्यु भयो। अस्पताल र चिकित्सकबाट कुनै लापरबाही भएको छैन,’ उनले भने, ‘तर पनि अस्पतालविरुद्ध नाराबाजी र प्रदर्शन भइरहेको छ। आफन्त र परिवारका सदस्य नभइकन आन्दोलन गर्नेहरु मृतकसँग असम्बन्धित मान्छेहरु भएको पाइएको छ।’ उपचारका क्रममा बिरामीको मृत्यु हुँदा अस्पतालमा आन्दोलन हुनु दुःखद् भएको श्रेष्ठको भनाइ छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]