
सप्तरी – अनियमितता र ठगी नियन्त्रणका लागि वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन गरिएको छ ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सात सदस्यीय प्रहरी टोली परिचालन गरिएको गरिएको हो ।
विभागका महानिर्देशक शेषनारायण पौडेलले विभागमा मङ्गलबारदेखि सादा पोसाकमा प्रहरी परिचालन गरिएको जानकारी दिए।
प्रहरी टोलीले विभागसँग समन्वय गरेर काम गर्ने उनले बताए । भ्रमण भिसामा नेपाली युवालाई विदेश पठाएर खाडीलगायतका देशमा अलपत्र पार्ने र ठग्ने क्रम बढेपछि गृह मन्त्रालयको समेत ध्यानाकर्षण भएको थियो ।
सो टोलीले यस विषयलाई समेत निगरानी गर्ने विभागले जनाएको छ । विभागका अनुसार प्रहरी टोलीलाई उजुरी लिने, अनुसन्धान गर्ने तथा पक्राउ गर्नेसम्मको अधिकार दिइएको छ । गोरखापत्र दैनिकमा खबर छ ।