२० आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण ०५, २०७८

काठमाडौँ – अमेरिकी सहायता एमसीसीबारे ‘निर्णायक’ छलफलका लागि भन्दै सत्ता गठबन्धनको बैठक पनि बस्दै छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा एमसीसी संसदमा प्रस्तुत गर्ने या नगर्ने, पक्षमा उभिने या विपक्षमा भन्ने विषयमा गठबन्धनका आबद्ध दलहरुबीच छलफल हुनेछ ।

यसअघि सरकारले बुधबार नै संसदमा एमसीसी प्रस्तुत गर्ने तयारी गरेको थियो । तर गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले प्रस्ट निर्णय नदिँदा कांग्रेस पनि अन्यौलमा छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री एवं कांगेस सभापति शेरबहादुर देउवाबीच छलफल भएर गठबन्धनको बैठक बोलाउने गरेका थिए ।

सुरूदेखि नै एमसीसीको विरोध गर्दै आएको माओवादीले यथास्थितिमा एमसीसी संसदमा लैजाने भए आफू विपक्षमा मतदान गर्ने र सरकारबाटै बाहिरिने चेतावनी दिएपछि प्रधानमन्त्री देउवा समेत बुधबार एमसीसी प्रस्तुत नगर्ने पक्षमा पुगेका थिए । आज गठबन्धनमा थप छलफल गरेर ठोस गर्ने बताइएको छ ।
गठबन्धनकै अर्को मुख्य दल नेकपा एकीकृत समाजवादी र सानो दल राष्ट्रिय जनमोर्चा पनि एमसीसीको विरोधमा छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]