०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण ०५, २०७८

सप्तरी – रूकुम पश्चिमको सर्केना प्रहरी चौकी खोलागाउँका प्रहरी जवान स्वयमं प्रकाश हमाल र दलबहादुर बुढा मंगलबार बिहान दश बजेतिर पैदल गस्तिमा निस्किए।

बाटोमा उनीहरूले एक जना जेष्ठ नागरिक हिँड्न नसकेर भुँइमै थुचुक्क बसेको अवस्थामा भेटे।

उनी चौरजहारी नगरपालिका वडा नं. ११ का १०२ वर्षीय जसबीर वली थिए। हमालले वलीलाई सोधे- ‘बुवा तपाईँ किन यहाँ बस्नु भा छ र कहाँ जान लागेको हो?’

वलीले आफू अस्पताल जान थालेको तर निकै कठिन भइरहेको बताए। हमालका अनुसार वली केही बेर खोच्याउँदै हिँड्थे र फेरि सुस्ताउँथे। उनी आँखा पनि कम देख्थे। तर, एक्लै हिँडिरहेका थिए।

त्यसपछि हमाल र बुढाले सल्लाह गरे। आलोपालो पिँठ्यूमा बोकेर अस्पताल पुर्‍याइदिउँ।

बिहान १०ः४५ बजेतिर प्रहरी जवान हमाल र बुढाले वलीलाई भेटेका थिए। उनीहरुले आलोपालो पिठ्युमा बोकेरै वलीलाई चौरजहारी १० स्थित सहिद स्मृति अस्पताल पुर्‍याए।

‘हामी दुई जना मात्रै नियमित गस्तिमा थियौं,’ हमालले सेतोपाटीसँग भने ‘बुवालाई त्यसरी बाटोमै बेसाहारा भइ ढेलेको देखेर मनले मानेन र उहाँकै चाहाना अनुसार अस्पताल पुर्‍यायौं।’

चौरजहारी ११ का वडाध्यक्ष मनमोहन शाहले दुई प्रहरी जवान हमाल र बुढाले पिठ्यूमा बोकेर जेष्ठ नागरिक वलीलाई अस्पताल पुर्‍याउँदै गरेको तस्बिर आफ्नो फेसबुक वालमा राखेका छन्।

शाहले तस्बिर राखेपछि प्रहरी जवान हमाल र बुढाको धेरैले तारिफ गरेका छन्। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका निमित्त प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक डेकेन्द्र शर्माले त्यो तस्बिर देखेर कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी गणेशबहादुर ऐरले फोन गरि धन्यवाद दिनुका साथै दुबै प्रहरी जवानलाई जनही एक हजार पाँच सयका दरले पुरस्कार प्रदान गरेको जानकारी दिए।

नागरिकप्रतिको प्रहरी विश्वास बढाउन सहयोग गरेको तथा असल काम गरि सबै प्रहरीको उत्साह बृद्धि गरेको भन्दै डिआइजी ऐरले उनीहरुलाई बधाई दिँदै पुरस्कृत गर्न आदेश दिएको शर्माले सेतोपाटीलाई जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]