
सप्तरी – धनकुटा वैदेशिक रोजगारिको शिलशिलामा ९ वर्ष अघि मलेसिया पुगेका धनकुटा नगरपालिका–२ लामीघरका ३७ वर्षीय हर्कबहादुर राई अहिलेसम्म परिवारको सम्पर्कमा नआएको भन्दै उनका परिवारले खोजी गरी दिन सरकार सक्षम अनुरोध गरेका छन् ।
हर्कबहादुरकी आमा सुचिम्माअनुसार मलेसिया पुगेको डेढ वर्षसम्म हर्कवहादुर परिवारसँग सम्पर्कमा थिए । त्यस यता सम्पर्क भएको छैन् । हर्कबहादुरका दुई छोरा र एक छोरी छन् । हर्कबहादुरकी श्रीमतीले निशा राईले समेत करब ७ वर्ष पहिले आत्महत्या गरेकी थिइन् ।