०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण ०५, २०७८

सप्तरी – कतिपय मानिस सास गन्हाउने समस्याका कारण अरूसँग घुलमिल हुन तर्किन्छन् । सास गनाउने समस्या भएका मानिससँग कोही पनि कुरा गर्न वा सँगै बस्न चाहँदैन । यस्तोमा उक्त व्यक्तिको आत्मविश्वास पनि हराउँछ ।

सास गनाउनुका धेरै कारण हुन सक्छ । खानपिन, नियमित रूपमा मुख सफा नहुनु, खानेकुरा नपच्नु सास गनाउने कारणहरू हुन सक्छन् । यस समस्याबाट बच्न केही घरेलु उपाय निम्न छन् ।

– प्रशस्त पानी
प्रशस्त पानी पिउँदा मुख ताजा रहन्छ र दाँतमा अड्केको खानेकुरा पनि पखालिएर जान्छ । यसरी मुख सफा भएमा स्वतः दुर्गन्ध हराउँछ ।

– हरियो अलैँची
हरियो अलैँची चपाउँदा दुर्गन्ध हराउने मात्र होइन मुखको स्वाद पनि बढ्छ । साथै भोक समेत जाग्दछ ।

– ल्वाङ र सूप
ल्वाङ चुस्दा पनि सास गनाउन छाड्छ र दाँत पनि दुख्दैन । यस्तै सूप चपाउँदा मुखको दुर्गन्ध हराउँछ ।

– ग्रीन टी
ग्रीन टी पिउने गरेमा सास गनाउन छाड्छ । यसको एन्टीब्याक्टेरियल तत्वले दुर्गन्ध नाश गर्छ ।

– कागतीको रस
एक गिलास पानी तताएर त्यसमा दुई चम्चा कागतीको रस हाल्ने र अनि मनतातो भएपछि बिहान बेलुका कुल्ला गर्दा केही दिनमै मुखको दुर्गन्ध हराउँछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]