०२ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर १८, २०७७

सप्तरी – एक बालक दुई दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–१ गुरुखोला काण्डे गाउँका १५ वर्षीय विवेक भट्ट छन् ।

बुधबार अपरान्ह स्थानीय बजार मुस्याचौर जान्छु भनि हिँडेका छोरा बेपत्ता अवस्थामै रहेका विवेकका बुबा देवदत्त भट्टले बताए ।एकमात्र छोरा विवेक बेपत्ता भएपछि घरपरिवारका सदस्य चिन्तित बनेको उनले बताए । बेपत्ता रहेका विवेकले बिहीबार बिहान ९८६४७५६८५५ नम्बरबाट फोन गरेर आफू धनगढीमा रहेको बताएका थिए । गाडी लाइनमा जागिर लगाइदिने भन्दै कसैले आफूलगायत अन्य सात÷आठजनालाई धनगढी लगेको फोनमार्फत भनेको बुबा देवदत्तले बताए । विवेकले त्यति मात्रै भनेर फोन काटेकाले जागिर लगाइदिने मान्छे को रहेछ भन्ने खुल्न सकेको छैन ।विवेकले फोन गरेको मोबाइल अहिले स्वीच अफ गरिएको छ । देवदत्तले बेपत्ता छोरा खोजी गरिदिन प्रहरीचौकी गुरुखोलामा निवेदन दिएका छन् । प्रहरीले बालकको खोजी जारी रहेको बताएको छ । बेपत्ता बालकको धनगढीलगायत स्थानमा खोजी भइरहेको गुरुखोला प्रहरीचौकीका इञ्चार्ज, प्रहरी नायब निरीक्षक सुरेन्द्रदेव भट्टले बताए ।

गहुँगोरो वर्ण, ४ फिट उचाइ भएको, कपालमा रातो मेहन्दी, खैरो ज्याकेट, जिनको पाइन्ट र लेदरको जुत्ता लगाएको विवेकलाई फेला पार्ने व्यक्तिलाई नजिकैको प्रहरीचौकी वा ९८६५८१३३६६ मा सम्पर्क गरिदिन अनुरोध गरिएको छ । बेपत्ता बालक दशरथचन्द नगरपालिका– १ गुरुखोलामा रहेको मणिलेक मावि गुरुखोलामा कक्षा ९ मा अध्ययनरत थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]