०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण ०४, २०७८

सप्तरी – अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को बिरोधमा उत्रिएका राजनीतिक दलका कार्यकर्ताहरूले जाजरकोटमा नेताहरूको शवयात्रा गरेका छन् ।

एमसीसी पारित गराउन खोज्ने नेताहरूको प्रतिकात्मक शव बनाएर बन्दकर्ताहरूले बुधबार जाजरकोटको नलगाड नगरपालिकास्थित घाटमा पुर्‍याएर दाहसंस्कार गरेका थिए । नलगाड नगरपालिकाको सदरमुकाम दल्लीमा प्रदर्शनपछि शवयात्रा गरिएको थियो ।

एमसीसीको विरोधमा बन्द आह्वान गरेका दलहरूले जाजरकोटका विभिन्न ठाउँमा प्रदर्शनसमेत गरेका छन् । बन्दको जाजरकोटमा प्रभाव परेको छ । दिनभर छोटो तथा लामा दुरीका सवारी साधान, स्कुल, कलेज तथा बजार बन्द भएका छन् । बुधबार संसदमा एमसीसी टेबल हुने भन्दै त्यसको बिरोधमा विभिन्न छ दलले बन्द आह्वान गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]