०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण ०३, २०७८

काठमाडौं – साताको तेस्रो कारोबारको दिन (मंगलबार) शेयर बजारमा हरियाली छाएको छ ।मंगलबार सबै उपसमूहको परिसूचक बढेसँगै नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक पनि बढेको छ।

बजार खुलेको ३ घण्टासम्म सुस्त रहेको बजार अन्तिम एक घण्टामा तिव्र गतिमा उकालो लागेको थियो। यस दिन नेप्से परिसूक ५३.३० अंक अर्थात १.९७ प्रतिशत बढेर २७५४.२८ विन्दुमा पुगेको छ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.१२ प्रतिशत, फ्लोट इण्डेक्स १.८४ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७६ प्रतिशत बढेको छ।

अन्तिम समयसम्म कारोबारमा आएका कूल २२४ कम्पनीको ४३ हजार ५१९ पटकको कारोबारमा ३ अर्ब २३ करोड ३३ लाख रुपैयाँ बराबरको ६३ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सर्वाधिक शेयरमूल्य बढेका १० कम्पनीहरुमध्ये ७ जलविद्युत कम्पनी रहेका छन्। जसमध्ये न्यादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन तेह्रथुम पावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने हिमालय उर्जा विकास कम्पनी, कालिका पावर, छ्याङ्दी हाइड्रोपावर र सिनर्जी पावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन मूल्य घट्ने स्टकमा अधिकांश म्युचुअल फण्डहरु रहेका छन् जसमध्ये एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य सर्वाधिक ३.१४ प्रतिशत घटेको छ।

हाइड्रोपावर कम्पनीको शेयरमूल्य बढेसँगै यस उपसमूहको परिसूचक पनि अन्य उपसमूहको तुलनामा बढी बढेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.३२ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन अन्य उपसमूहको परिसूचक ३.३८ प्रतिशत बढेको छ भने विकास बैंक, वित्त, लगानी र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको २२ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेशनल हाइड्रोपावर र नेपाल टेलिकमको १८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]