०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण ०३, २०७८

बेनी – मध्य म्याग्दीको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा एकैसाथ दुई वटा जलबिद्युत आयोजना निर्माण सुरु भएको छ। तुँदी पावर कम्पनीले ३५.५ मेगावाट क्षमताको मंगले राहुघाट र ४८.५ मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलबिद्युत आयोजना निर्माण गर्न लागेको हो। आयोजनाका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सीनाले दुई वटै आयोजनाको पहुँचमार्ग सकेर सुरुङ खन्ने काम थालिएको बताए।

‘मौवाफाँटदेखि बन्दिघाटसम्म सडक र दुई वटा बेलिब्रिज बनाएर आयोजना निर्माण स्थललाई पहुँचमार्गसँग जोडेका छौ,’ उनले भने ‘सुरुङ निर्माण थालिसकेको दुई वटै आयोजनाको विद्युतगृह र बाँधको काम सुरु गर्ने तयारीमा छौं।’

पाँच हजार पाँच सय मिटर मध्य दुईवटा अडिटबाट ५२० मिटर सुरुङ खनिसकिएको राहुघाट मंगलेको थप तीन वटा अडिटबाट सुरुङ खन्ने तयारी भएको छ। अपर राहुघाटको पाँच किलोमिटर मध्य दुई वटा अडितबाट २३१ मिटर सुरुङ निर्माण सकिएको छ।

बन्दीमा बाँध निर्माणाधिन रहेको राहुघाट मंगले जलबिद्युत आयोजनाको चिमखोलाको मलाङमा बिद्युतगृह बनाउन जग्गा ब्यवस्थापनको काम भैरहेको छ। दग्नामको अजिंगर भिरदेखि बन्दीसम्म ७ किलोमिटर पहुँचमार्ग खनेको यस आयोजनाले चिमखोला स्थित बगरखोला माथि ३० मिटर लामो बेलिब्रिज निर्माण गरेपछि आवत–जावत सहज भएको छ।

घ्याँसीखर्कमा अर्को बेलिब्रिज बनाउने तयारी गरेको आयोजनाका प्रतिनिधि उपेन्द्र गौतमले बताए। पाँच अरब ९२ करोड रुपैयाँ लागत अनुमान गरिएको मंगले राहुघाटको आउटलेट देखि ३५० मिटर तल पानी बिद्युतगृहमा खसालेर बिद्युत उत्पादन गरिनेछ।

राहुघाट मंगलेकोको बिद्युतगृहबाट निस्कने र बगरखोलाको पानी मिसाएर मलाङमै बाँध र राहुघाट जलबिद्युत आयोजनाको बाँधदेखि ५०० मिटर माथि बिद्युतगृह बनाउने गरी अर्को माथिल्लो राहुघाट जलबिद्युत आयोजनाको पनि निर्माण सुरु भएको हो।

बिद्युतगृह र अडिट निर्माण स्थल पुग्ने पहुँचमार्ग निर्माण भएको छ। बिद्युतगृह निर्माण स्थल नजिकै राहुघाट नदीमाथि ६९ मिटर लामो बेलिब्रिज निर्माण भएको छ। आयोजना निर्माणमा आवश्यक बिस्फोटक पदार्थको भण्डारण र सुरक्षाका लागि रघुगंगा–७ चिमखोलामा नेपाली सेनाको क्याम्प तथा प्रहरीको चौकी स्थापना भएको छ।

उत्पादीत बिद्युत केन्दीय प्रशारण लाइनमा जोड्न रघुगंगा–३ अम्बाङमा बन्न लगेको राहुघाट सबस्टेशन देखि चिमखोलासम्म २०० केभी क्षमताको १३ किलोमिटर दुरीको प्रशारण लाइन बनाउन वातावरणीय परीक्षणको प्रक्रियामा रहेको छ।

राहुघाट नदीको सहायक ठूलोखोलामा संयुक्त उर्जा प्रालिले २१.३ मेगावाट क्षमताको ठूलोखोला जलबिद्युत आयोजना निर्माण थालेको रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले जानकारी दिए। राहुघाट नदीमै नेपाल बिद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजना निर्माण गरिरहेको छ। राहुघाटको ३५ प्रतिशत पूर्वाधार निर्माण सकिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]