१८ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण ०३, २०७८

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले गर्न लागेको भिडियो प्रतियोगितामा सहभागी हुने समय थप भएको छ।

बाल सुरक्षा सम्वन्धी भिडियो प्रतियोगितामा गरि सुरक्षित इन्टरनेट दिवस (सेफर इन्टरनेट डे) मनाउन लागेको प्राधिकरणले सहभागिता बढाउने भन्दै समय थप गरिएको बताएको छ । यसअघि फागुन २ गतेसम्मको समय दिएकोमा उक्त समयलाई बढाएर फागुन ४ गतेसम्म पुर्‍याइएको हो ।

उक्त प्रतियोगितामा सात ओटै प्रदेशका १२ देखि १८ वर्ष उमेर समूहका बालबालिका तथा किशोर किशोरीले सहभागिता जनाउन सक्ने छन् । प्रतियोगीले अनलाईन बाल सुरक्षा, डिजिटल साक्षरता, अनलाईन बाल सुरक्षामा बालक्लब र स्थानीयय तह र सरकारको भूमिका, अनलाईन संसारमा अवसर र राम्रा अभ्यासहरु, आर्टिफिसिएल इन्टेलिजेन्स र अवसर विकासमा सूचना, सञ्चार तथा प्रविधिको भुमिकालगायत बिषयमा रहेर भिडियो कन्टेन्ट बनाई पठाउनु पर्नेछ।

भिडियो बढीमा २ मिनेटको एमपीफोर फर्मेटमा हुनुपर्ने छ। भिडियो बनाउँदा व्यक्तिगत वा बढीमा चार जनासम्मको समूहमा बनाउन सकिने छ। आफ्नो प्रदेश अनुसारका प्राधिकरणको मेल ठेगानामा भिडियो सकिने प्राधिकरणले बताएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]