०२ जेठ २०८३, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण ०३, २०७८

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान गर्ने यात्रुले अब डिजिटल डिभाइसमा टिकट नम्बर मात्र देखाएर विमानस्थल छिर्न नपाउने भएका छन् ।

मंगलबारबाट लागु गरिएको यस्तो निर्णयले बिहानै मोवाइलमा नम्बर मात्र लिएर विमानस्थल पुगेका यात्रुले सास्ती पाएका छन् ।

वायुसेवा कम्पनीहरुका अनुसार विमानस्थलमा प्रहरीले ‘प्रिन्टेड टिकट’ अनिवार्य गरिएको भन्दै यात्रुलाई छिर्न रोक लगाएको हो । सोही अनुसार कम्पनीहरुले समेत यात्रुलाई डिजिटल टिकट नभई टिकट प्रिन्ट गरेर आउन सूचित गरेका छन् ।

विमानस्थलका महाप्रवन्धक भोला गुरागाँईले भने मोवाइलमा ‘टिकट नम्बर’ मात्र लिएर आउने यात्रुलाई मात्र रोकिएको जानकारी गराए ।

‘मोबाइलमा टिकट डाउनलोड गरी आउने यात्रुले प्रवेश पाउनु हुन्छ’, उनले भने, ‘नम्बर मात्र लिएर आउने यात्रुलाई रोकिएको हो ।’

नम्बर मात्र लिएर आउने यात्रुको नाम, गन्तब्यसहित स्पष्ट नहुने भएकाले यस्तो व्यवस्था गरिएको उनले जानकारी गराए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]