१२ जेठ २०८३, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ०२, २०७८

काठमाडौं – ओमानमा जारी चार देशीय टी–२० क्रिकेट श्रृंखलाको खेलमा नेपाल उत्कृष्टले सुरुआत गरेको छ । ओमनको अल अमेरात क्रिकेट मैदानमा टस जितेर नेपालले टेस्ट राष्ट्र आयरल्यान्डविरुद्ध पहिले बलिङ थियो । आयरल्याण्डले १२७ रन बनायो ।

योसँगै जितका लागि नेपालले १२८ रन पुर्याउनुपर्छ । स्पिन अलराउन्डर दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङसँगै नेपालले सामान्य लक्ष्य पाएको हो । नेपाललाई पहिलो सफलता कमलसिंह ऐरीले दिलाए । उनले आयरल्याण्डका खतरनाक ब्याटर पौल स्टर्लिङलाई बोल्ड गरे ।

त्यसपछि भने आयरल्यान्डले लगातार विकेट गुमाउन पुग्यो । जितेन्द्र मुखियाको चौथो ओभरको अन्तिम बलमा ग्यारेथ डेलानी ९ रनमा बोल्ड भए । तीव्र गतिका बलर अभिनाश बोहराले पाँचौं ओभरको पाँचौं बलमा कप्तान एन्डी बालबर्नीलाई १९ रनमा बोल्ड आउट गरे । शेन गेटकेट दशौं ओभरको दोस्रो बलमा १४ रनमा क्याच आउट भए ।

दीपेन्द्रको १२ औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका कर्टिस क्याम्फर क्याच आउट भए । सिमी सिंह विकेटकिपर आसिफ शेखबाट १ रनमा आउट भए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]