काठमाडौं – नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेस राष्ट्रियताको खिलाफमा रहेको बताएका छन् । शुक्रबार स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले महाधिवेशनमा पनि चुच्चे नक्साको प्रयोग नगरेको बताए ।
सम्बोधन गर्दै उनले यो राष्ट्रियता र संविधानमाथिको भद्धा मजाक भएको भन्दै आक्रोश पोखे । उनले महाधिवेशनमा समेत कांग्रेसले लिपुलेक लिम्पियाधुरालगायत भाग समेटेको नक्सा प्रयोग नगरेको बताए ।
“नेपालको नक्सा प्रयोग गर्दा नेपाली कांग्रेसले चुच्चे नक्सा राख्दैन बुच्चे नक्सा राख्छ । महाधिवेशनमा पनि राखेन । यो राष्ट्रियताप्रति वेइमानी, विदेश भक्ति हो । राष्ट्रियताको विषयमा यो चुनौती हो । संविधानको खिलाफ हो,” उनले भने ।