११ जेठ २०८३, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २६, २०७८

काठमाडौं – रविकुमार पासवानकाे दुई गाेलको मद्दतमा नेपाल पुलिस क्लबले बुधबार च्यासल युथ क्लबलाई २-१ ले पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिगमा दाेस्राे जित हात पारेकाे छ ।

दशरथ रंगशालामा भएकाे खेलमा रविले दुवै हाफमा एक-एक गाेल गरे । च्यासलका लागि विदेशी खेलाडी माउसा अबागानाले एक गाेल फर्काए । च्यासलकाे १९ खेलाडीमा काेभिड-१९ संक्रमण देखिएपछि गत माघ २ गते तय भएकाे खेल स्थगित भएको थियो । सोही खेल बुधबार खेलाइएकाे हाे ।

खेलकाे ३७ औं मिनेटमा निरकुमार राईकाे पासमा रविकुमार पासवानले गाेल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए ।

५३ औं मिनेटमा पेनाल्टीमार्फत च्यासलले बराबरी गाेल फर्काएको थियो । पुलिसका कप्तान सुमन सुवेदीले रुमेश बर्ताैलालाई फाउल गरेपछि च्यासलले पेनाल्टी पाएको थियो र त्यसमा माउसा अबागानाले गाेल गरेका हुन् ।

७० औं मिनेट रवि पासवानले व्यक्तिगत दाेस्राे गाेल गरेपछि पुलिसले पुन: अग्रता लियाे ।

त्यसपछि पनि च्यासलले खेल बराबरी गर्ने अवसर पाएपनि सदुपयाेग गर्न सकेन । च्यासलका अभिषेक लिम्बु दुई अवसरमा चुके । उनकाे एउटा प्रहार बारमा लागेकाे थियाे । यस्तै वैकल्पिक खेलाडी कर्ण लिम्बुले पनि गोलको एउटा अवसर गुमाए ।

लिगमा दाेस्राे जितपछि ९ खेलबाट १० अंक जाेडेर पुलिस अंक तालिकामा एक स्थान सुधार गर्दै दशाैं स्थानमा उक्लेकाे छ ।
च्यासल भने याे हारपछि रेलिगेसनकाे दबावमा परेको छ । उसले ९ खेलबाट ५ अंक मात्र जोड्दै १३ औं स्थानमा छ ।

पुलिसका प्रशिक्षक अनन्तराज थापाले आवश्यक ३ अंक जाेड्न सफल भएकाे बताए । ‘हामीलाई जसरी पनि ३ अंक चाहिन्थ्यो, त्याे ल्यायाैँ । पहिलाे हाफ राम्राे भयाे र गाेल पनि भयाे’ उनले भने ।

च्यासलका प्राविधिक निर्देशक (टेक्निकल डिरेक्टर) लेइघ मानसनले धेरै अवसर बनाएपनि गाेल गर्न नसक्दा हार बेहाेर्नुपरेकाे बताए । ‘हामी निराश छाैँ । किनकी दाेस्राे हाफमा राम्राे खेल्याैं, धेरै अवसर बनायाैं । तर गाेल गर्न सकेनाैं । धेरै खेलमा हामीले प्रतिस्पर्धात्मक खेलेका छाैं । तर गाेलमा भाग्य देखिराकाे छैन मानसनले भने ।

मानसनले बाँकी ४ खेलमा राम्राे प्रदर्शन गर्दै ए डिभिजनमै रहन प्रयास गर्ने र त्याे सम्भावना अझै रहेको बताए । बुधबारको खेलपछि लिगका नवाैँ चरणका खेलहरु सकिएका छन् । आगामी शुक्रबारदेखि दशाैँ चरणका खेलहरु हुनेछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]