११ जेठ २०८३, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २५, २०७८

इस्लामावाद – काउन्सिल अफ पाकिस्तान न्यूजपेपर एडिटर्स (सीपीएनई) ले आइतबार एक प्रतिवेदन सार्वजनिक गर्दै विगत दुई वर्षको तुलनामा सन् २०२१ मा प्रेस स्वतन्त्रताको अवस्थामा गिरावट आएको जनाएको छ। पाकिस्तान मिडिया फ्रिडम रिपोर्ट २०२१ शीर्षकको प्रतिवेदनमा सीपीएनईले मिडियाको स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र सूचनाको पहुँचलाई कुण्ठित गर्ने कार्यनीतिप्रति चिन्ता व्यक्त गरेको छ।

२०२१ मा मात्रै, प्रतिवेदनले कराचीमा आधारित सामाजिक मिडिया कार्यकर्ता र सामुदायिक पत्रकार नाजिम जोखियो सहित पाँच पत्रकार मारिएको प्रतिवेदनमा उल्लेख छ। कोरोना महामारीका कारण कम्तीमा नौ पत्रकारले ज्यान गुमाएका छन् भने दुईजना पत्रकारले बेरोजगारीका कारण आत्महत्या गरेका छन्।

सन् २०२० पछि सन् २०२१ पाकिस्तानमा पत्रकार, सञ्चारकर्मी र सञ्चारमाध्यमका संस्थाहरूका लागि अत्यन्तै कठिन वर्ष भएको उल्लेख गरिएको छ। पाकिस्तान सरकारले बनाएको प्रेससम्बन्धी कानुनले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता दबाबमा राखेको प्रतिवेदनमा उल्लेख छ।

कोभिड–१९ को महामारीका कारण धेरै पत्रकारले ज्यान गुमाएका मात्र नभएर मिडिया हाउसलाई पनि गम्भीर आर्थिक संकटले डुबाएको जनाइएको छ। विभिन्न संस्थाले प्रत्यक्ष र अप्रत्यक्ष रणनीतिमार्फत पत्रकार समुदायलाई दबाबमा राख्ने प्रयास गरेको उल्लेख छ।

पाकिस्तान सरकार, पाकिस्तानी सेनालगायतले गत वर्षयता पत्रकारलाई दुव्र्यवहार गर्ने, यातना दिने र हत्या गर्ने सिलसिलामा संलग्न भएकोप्रति गम्भीर आपत्ति जनाउँदै राज्यले आफ्नो अवस्थामा सुधार ल्याउनुपर्ने र सरकारको विरोध गरेकै आधारमा पत्रकारलाई धम्की दिने र यातना दिनेजस्ता गतिविधि रोक्नुपर्ने बताइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]