२२ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २५, २०७८

नवलपुर – गण्डकी प्रदेश सरकारले प्रदेशका सबै नागरिकलाई नि:शुल्क रगत उपलब्ध गराउने भएको छ । सोमबार बसेको प्रदेशको मन्त्रीपरिषदको बैठकले प्रदेशका सबै नागरिकलाई नि:शुल्क रगत उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार भरत कोइरालाले जानकारी दिए।

मन्त्री परिषदको बैठकले रगत तथा रगतजन्य सेवा नि:शुल्क व्यवस्थापन कार्यविधी -२०७८ स्वीकृत गरे सँगै प्रदेशका नागरिकले नि:शुल्क रगत पाउने भएका हुन ।

यस अघि प्रदेश सरकारले गत मंसिर ८ गते स्वास्थ्य नीति सार्वजनिक गरेको थियो । सोहि नितिमा आधारित रहेर नि:शुल्क रगत उपलब्ध गराउने गरि कार्यविधी तयार गरेर मन्त्री परिषदले निर्णय गरेको कोईरालाले बताए ।

प्रदेश भित्रका सबै नागरिक र प्रदेश भित्र अस्थायी बसोबास गर्ने अन्य प्रदेशका नागरिकलाई समेत नि:शुल्क रगत उपलब्ध गराउने गरि प्रदेशको स्वास्थ्य मन्त्रालयले काम अगाडी बढाएको छ । नि:शुल्क रगत उपलब्ध गराउनका लागी नेपाल रेडक्रस सोसाइटी सँग सम्झौता गरिने त्यसका लागि स्वास्थ्य मन्त्रालयका सचिवको नेतृत्वमा समिति गठन भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]