१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर १८, २०७७

सप्तरी – पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो करिअरको ७५० औं गोल पूरा गरेका छन् ।

बुधबार राति युरोपियन च्याम्पियन्स लिगअन्तर्गत युभेन्ट्स र डाइनामो किभबीच भएको खेलमा गोल गर्दै ३५ वर्षीय रोनाल्डोले आफ्नो करिअरको ७५० औं गोल पुरा गरेका हुन् । युभेन्ट्सले ३–० गोलको जित हात पार्दा रोनाल्डोले टिमका लागि दोस्रो गोल गरेका थिए ।

रोनाल्डोले स्पेनिस क्लब रियल म्याड्रिडका लागि ४५०, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट ११८, पोर्चुगलबाट १०२, युभेन्ट्सबाट ७५ र स्पोर्टिङ लिस्बनबाट ५ गोल गरेका छन् । जारी सिजनमा रोनाल्डोको यो युभेन्ट्सका लागि १०औं गोल हो ।

च्याम्पियन्स लिगमा भने उनले सिजनमा दोस्रो गोल गरेका हुन् । यहि वर्ष अन्तर्राष्ट्रिय गोल संख्या सय पुर्याएका रोनाल्डोले पोर्चुगलका लगि १०२ गोल गरेका छन् । सन् २००३ मा राष्ट्रिय टिममा डेब्यू गरेका उनले देशका लागि १७ वर्षमा सय गोल पूरा गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]