०४ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २५, २०७८

पोखरा – पोखरामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ भिमाद नगरपालिका वडा नंं. २ का २४ वर्षका विष्णुवीर राना रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका रानाको उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । दुर्घटनामा वर्ष २४ कै असर लामा घाइते भएका छन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

पोखरा महानगरपालिका वडा नं. २९ भण्डारढिकमा सोमबार दिउसो २ः५० बजे दुर्घटना भएको हो । तनहुँबाट पोखरा आउँदै गरेको लु१५ प १०९७ नम्बरको मोटरसाइकल, प्रदेश ०१ ००३क ९८९३ नम्बरको टिपर र ग१ख ७१०३ नम्बरको बस एकपासमा ठोक्किंदा दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ ।

दुर्घटना पश्चात् दुवै सवारी र चालकहरु शुकबहादुर थिंग र दामबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]