१२ जेठ २०८३, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, माघ २४, २०७८

दोलखा – काम थालेको एक वर्षपछि गौरीशंकर संरक्षण क्षेत्रले अचानक माथिल्लो तामाकोसी आयोजनाको रोल्वालिङ खोला जलविद्युतको काममा रोक लगाएको छ । संरक्षण क्षेत्रले तामाकोसीलाई पत्र लेखेर आयोजनाको काम रोक्न निर्देशन दिएको छ ।

सरकारले निर्माण गरिरहेको आयोजनालाई सरकारकै अर्को निकायले रोक लगाएपछि आयोजना र संरक्षण क्षेत्रबीच द्वन्द्व बढेको हो । संरक्षण क्षेत्रमा पर्ने उक्त आयोजनामा जानसमेत अनुमति लिनुपर्ने भन्दै पत्र काटेपछि विवाद सतहमा आएको छ ।

माघ १७ गते संरक्षण क्षेत्रले ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाको प्रवर्द्धक अपर तामाकोसी हाइड्रो पावर लिमिटेडलाई पत्र लेख्दै भनेको छ ‘यस कार्यालयको अनुमति बिना रोल्वालिङ खोला जलविद्युतको काम तत्काल अघि नबढाउन सूचित गरिन्छ ।’

संरक्षण क्षेत्रका प्रमुख डा. मधु क्षेत्रीद्वारा हस्ताक्षरित पत्रमा स्थानीयको उजुरी अवलोकन गरेर प्रतिवेदनको आधारमा भौतिक निर्माणको काम रोक्न आदेश दिइएको बताइएको छ । वातावरण प्रतिवेदन स्वीकृत सम्झौता अनुसार रोल्वालिङ खोलाको काम रोक्नु भनेर उक्त पत्रमा भनिएको छ । साथै काम नरोकिए ‘अन्यथा कानुन बमोजिम हुनेछ’ भन्दै पत्रमार्फत् चेतावनी समेत दिइएको छ ।

यस्तै संरक्षण क्षेत्रले तामाकोसी आयोजनाका सबै कर्मचारीको विवरणसमेत माग गरेको छ । संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३ र निर्देशिका २०५६ अनुसार तामाकोसी आयोजना र अन्य प्रशारण लाइनमा काम गर्ने स्वदेशी र विदेशी कर्मचारी साथै कामदार सबैलाई अनुमति लिनसमेत पत्रमार्फत् भनिएको छ ।

अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञान प्रसाद श्रेष्ठले भने दुवै सरकारी निकाय भएकाले सहकार्य गर्नुपर्ने भन्दै उक्त पत्रप्रति असन्तुष्टि जनाएका छन् । यद्यपि अचानक संरक्षण क्षेत्रले काम रोक्नु भनेपछि हाल आयोजनाको काम रोकिएको उनले बताए ।

‘वातावरण प्रभाव मूल्याङ्कनको काम अन्तिम चरणमा रहेर सम्झौता हुने चरणमा छ,’श्रेष्ठले भने, ‘हामी उक्त क्षेत्रको पर्यावरण विरोधी होइन, तर विकास काम रोक्नु भनेको ढुङ्गे युगमा जानु सरह हो ।’ संरक्षण क्षेत्रको पर्यावरणमा कुनै असर नगर्नेगरी आफूहरूले काम गरिरहेको श्रेष्ठले बताए ।

साथै संरक्षण क्षेत्रले काम रोक्नुअघि तामाकोसीसँग संवादसमेत नगरेको उनले गुनासो छ । ‘राष्ट्रिय गौरवको आयोजनाले बनाउन लागेको अर्को जलविद्युतका बारेमा रोक्नुअघि संवाद गरेको भए राम्रो हुन्थ्यो,’ उनले भने, ‘तर कुनै संवाद बिना नै एकाएक रोक्नु भनेर पत्र आयो ।’ तामाकोसी आयोजनाले रोल्वालिङ खोला डाइभर्सन गरे थप २२ मेगावाट विद्युत उत्पादन हुनेगरी यो आयोजनाको काम गरिरहेको उनले बताए ।

उक्त आयोजनाको पानी माथिल्लो तामाकोसी आयोजनाको बाँधमा खसालेपछि तामाकोसीले थप एक घण्टा अत्यधिक माग भएका बेला (पिकिङ इनर्जी) ४ सय ५६ मेगावाट विद्युत उत्पादन गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]