०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, माघ २४, २०७८

काठमाडौं – बारम्बार प्रदर्शन मिति सारेपछि तनावमा रहेका निर्माता अर्जुन कुमारले गत पुस ३० गते चलचित्र चलाउने जमर्को गरे ।

त्यतिबेला कोरोना संक्रमणको तेस्रो लहर सुरु भइसकेको थियो । यसअघि पुस १५ का लागि प्रदर्शन मिति तोकेका उनले कोरोनाको त्रास बढेपनि फेरि मिति सार्न इच्छुक देखिएनन् । बारम्बार प्रदर्शन हेरफेर गर्दा दर्शकमा राम्रो सन्देश नजाने उनको बुझाइ थियो ।

पुस ३० गतेमा चलचित्र रिलिज भएपनि दर्शक हलसम्म पुगेनन् । तर, हलमा पुगेका दर्शकले भने चलचित्रलाई रुचाए । समीक्षक र चलचित्रकर्मीले पनि चलचित्रको प्रशंसा नै गरिरहँदा अर्जुन वर्ड अफ माउथले काम गर्ने सोचमा थिए । तर, सरकारले माघ ३ गतेबाट कोरोनाको जोखिम देखाउँदै हल बन्द गरेपछि भने अर्जुन कुमार अक्क न बक्क परे ।

चलचित्र रिलिज हुँदाहुँदै रोकिएकाले उनलाई दोस्रो अवसर आएको छ । व्यावसायिक रुपमा सफल नभएको भए चलचित्रले दोस्रो अवसर पाउने थिएन । दोस्रो अवसरमा भने आफूलाई केही राहत हुने उनको अपेक्षा छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेबाट हल खोल्न सिफारिस गरेकाले पनि मन्त्रिपरिषद् बैठकले हल खुलाउने निर्णय गर्ने निश्चित छ । योसँगै हलमा ‘चपली हाइट ३’ले फेरि प्रवेश पाउनेछ । पहिलो चरणको लकडाउनपछि पनि चल्दाचल्दै रोकिएको चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ले प्रदर्शनको दोस्रो अवसर पाएका थिए ।

फागुन १३ गते अगाडि स्वदेशी र विदेशी कुनै पनि नयाँ चलचित्र रिलिज नहुने देखिएको छ । यसैले अर्जुन हल खुलेपछि दोस्रो अवसर पाउने र लगानी केही हदसम्म भएपनि उठ्नेमा आशावादी छन् ।

निकेश खड्का निर्देशित सस्पेन्स थ्रिलर ‘चपली हाइट ३’मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतको मुख्य भूमिका छ । चलचित्रको प्रचारमा कलाकारले साथ नदिएर एक्लिएका अर्जुनलाई दर्शकले दोस्रो मौका दिएको खण्डमा उनलाई ठूलै राहत हुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]