०४ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, माघ २४, २०७८

काठमाडौँ – बिगत १० बर्षको तरलताको अबस्था हेर्दा पहिलो ४ बर्षमा बैंकहरुले प्रर्याप्त तरल सम्पत्ति कायम गरेको देखिन्छ । तर, २०७२ साल पछि भने बैंकहरुले तरल सम्पत्ति कम राख्दै गएको देखिन्छ । तल उल्लेख गरिएको २ वटा चार्टले पनि त्यस्तै संकेत गर्दछन्ः

आब २०७७ सालमा केहि तरल सम्पत्ति बढेको देखिन्छ । तर, त्यस समयमा कोभिड- १९ को प्रथम लहरलाई नियन्त्रण गर्न देश लकडाउनमा गएका कारण कर्जा प्रवाहमा कमी आएको थियो । आब ०७६/७७ मा कर्जा बृद्घि दर पनि १२ प्रतिशतमा सीमित भएको थियो । जबकी अन्य बर्षमा २०
प्रतिशतको हाराहारी वा त्यो भन्दा बढी बृद्घि भइरहेको थियो ।

तरलता अनुपात सामान्यतया आर्थिक बर्षको अन्त्यतिर (आषाढमा) केहि सहज देखिने र दोस्रो त्रैमासतिर अलि दबाब सिर्जना गर्ने देखिएको छ । खास गरी २०७३ साल पछि तरलतामा यसरी चाप पर्न थालेको तलको चार्टले संकेत गर्दछः

नेपाल राष्ट्र बैंकले न्यूनतम २० प्रतिशत तरलता अनुपात कायम गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । २०७२ साल अगाडि बैंकहरुले यथेष्ट तरल सम्पत्ती राख्ने गरेको देखिन्छ । तर, पछिल्ला ४ बर्षमा भने तरलता अनुपात लगभग बोर्डर नजिक आइसेको देखिन्छ । अंकलाई राउण्डिङ्ग गर्दा २३ प्रतिशत देखिए पनि यर्थाथमा २२ प्रतिशतमा झरिसकेको तथ्यांकले देखाउछ । २०७८ मार्ग मसान्तमा २१ प्रतिशतमा झरिसकेको छ ।

२०७७ मा केहि सहज हुनुका कारणका बारेमा माथि नै चर्चा गरिसकिएको छ । तर, २०७२ सालमा २ बर्ष भित्रमा ४ गुणाले पूँजी बृद्धि गर्ने नीति नेपाल राष्ट्र बैंकले ल्याए पछि बैंकहरुलेआक्रामक तरिकाले कर्जा प्रवाह गर्न थालेको देखिन्छ । फलस्वरुप, २०७२ सम्म सहज अबस्थामा रहेको तरलता अनुपात, त्यस पछि निरन्तररुपमा घट्दै गइरहेको देखिन्छ ।
तरलता अनुपात घट्दै गइरहेको भएतापनि औषतमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम सीमा भन्दा बढी नै रहेको देखिन्छ । तर, २०७२ पछि लगभग हरेक बर्ष न्यूनतम बोर्डर लाइनको वरीपरी तरलता अनुपात आइपुग्ने गरेको देखिन्छ ।

पूँजी बृद्धि गर्दा मर्जर र प्राप्तिलाई प्राथमिकतामा राख्नुपर्ने थियो । तर, नेपाल राष्ट्र बैंकले त्यसो नगरी हकप्रद शेयर जारी गरी पूँजी बृद्धि गर्न स्वीकृति दिंदै गयो । अहिले आएर देखिएका साइड इफेक्ट हेर्दा आफुले जुन उद्देश्यका साथ पूँजी बृद्धि नीति ल्याएको थियो, त्यसलाई बिर्सेर अर्को बाटो हिड्दा तरलतामा चाप पर्ने अबस्था निम्त्याउनमा नेपाल राष्ट्र आफै पनि चुक्यो भन्न सकिने अबस्था देखिन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]