३० चैत्र २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, माघ २३, २०७८

सप्तरी – स्वर कोकिलाको रुपमा चर्चित भारतीय गायिका लता मंगेशकरको आइतबार ९२ वर्षको उमेरमा निधन भएको छ ।

उनलाई यसै वर्ष जनवरी महिनाको सुरुवातमा कोभिड संक्रमित भएपछि अस्पताल भर्ना गरिएको थियो । स्थितिमा सुधार नभएपछि उनी हप्तौँसम्म आइसीयूमा भर्ना थिइन् ।

भारतका केन्द्रीय मन्त्री नितिन गडकरीले ट्वीट गर्दै लेखेका छन्, ‘देशको शान र संगीत जगतकी शिरमोर स्वर कोकिला भारत रत्न लता मंगेशकरजीको निधन असाध्यै दुःखद हो । पुण्यात्माको मेरी भावपूर्ण श्रद्धाञ्जली । उनको निधन देशका लागि अपूरणीय क्षती हो । उनी सबै सङ्गीत साधकका लागि सदैव प्रेरणा थिइन् । ’

लता मंगेशकर एक महान पार्श्गायिका थिइन् । उनले भारतीय फिल्मी सङ्गीतलाई एक नयाँ परिभाषा दिएको धेरैको मान्यता छ ।

बलिउडको उदयसँगै यहाँका फिल्ममा पार्श्वगायक वा प्लेब्याक सिंगरको महत्वपूर्ण भूमिका रहेको छ, जसले फिल्मी पर्दामा अभिनेता र अभिनेत्रीलाई आफ्नो आवाज पर्दा पछाडिबाट दिँदै आइरहेका छन् ।

लता मंगेशकरलाई भारतकी सुर कोकिला भनिन्थ्यो । उनको फिल्मी सङ्गीत करियर आधा शताब्दिभन्दा पनि लामो रह्यो जसमा उनले ३६ भारतीय भाषामा ३० हजारभन्दा बढी गीत गाइन् ।

थुप्रै दशकसम्म लता मंगेशकर भारतकी सबैभन्दा चर्चित र मागमा रहने गायिका रहेकी थिइन् । बलिउडका हरेक ठूला अभिनेत्रीको आफूले अभिनय गर्ने गीतलाई लता मंगेशकरले नै स्वरबद्ध गरुन् भन्ने चाहना हुन्थ्यो ।

उनी यति लोकप्रिय थिइन् कि उनको हरेक एल्बम दशौँ हजारको संख्यामा बिक्रि हुने गर्दथ्यो ।

लता मंगेशकरको जन्म २८ सेप्टेम्बर सन् १९२९ को मध्य भारतको शहर इन्दौरमा भएको थियो । उनका पिता पंडित दिनानाथ मंगेशकर पनि गायक थिए । उनी थिएटर कलाकार पनि थिए र मराठी भाषामा सङ्गीतमय नाटकका निर्माता पनि थिए ।

लता मंगेशकर आफ्ना पिताका पाँच सन्तामध्ये सबैभन्दा जेठी थिइन् । पछि लताका भाइ बहिनी पनि उनको अनुसरण गर्दै सङ्गीतको दुनियाँमा कदम राखे र पछि गएर भारतका चर्चित गायक बने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]