०३ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, माघ २३, २०७८

सप्तरी – पोखरेल लोकान्तर डट्कमका प्रदेश १ प्रतिनिधि हुन् ।

१ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले आइतवार सरकार विस्तार गर्ने भएका छन् ।

आइतवार बिहान ११ बजे नवनियुक्त मन्त्रीहरूले शपथ लिने कार्यक्रम तय भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट प्रदेश सांसद प्रकाशप्रताप हाङ्गाम र शेखरचन्द्र थापा, कृष्णप्रसाद सिटौलानिकट ओमप्रकाश सरावगीको नाम पार्टीले मुख्यमन्त्रीलाई बुझाइसकेको कांग्रेसका एक सांसदले बताए ।

शेखर वन, वातावरण तथा भूसंरक्षण मन्त्री, हाङ्गाम भूमि व्यवस्था मन्त्री र सरावगी उद्योग, श्रम तथा रोजगार मन्त्री बन्ने भएका छन् ।

नेकपा एकीकृत समाजवादीबाट पनि ३ जना मन्त्री बन्ने भएका छन् । खिनु लङ्वा लिम्बु पर्यटन तथा संस्कृति मन्त्री, राजन राई सामाजिक विकास मन्त्री र उपेन्द्र घिमिरे सूचना, सञ्चार तथा सहकारी मन्त्री बन्ने भएका छन् ।

नेकपा माओवादी केन्द्रबाट रामकुमार राई खानेपानी, ऊर्जा तथा सिँचाइ र झलकसिंह दर्लामी कृषि तथा पशुपंक्षी विकास मन्त्री हुने माओवादी केन्द्रका नेता समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङवोले बताए ।

गत आइतवार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको संख्या बढाएर १२ बनाउने निर्णय गरेको थियो । मन्त्रीका आकाक्षी धेरै भएपछि एक मन्त्रालय थप गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]