०४ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, माघ २३, २०७८

सप्तरी – बाजुराको कालाजग्रास्थित टेलिफोन टावरमा विद्युत् आपूर्ति नहुँदा पूर्वी उत्तरी भेगको ४ स्थानीय तहमा ३ दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । हिमपातका कारण सोलारले काम गर्न छाडेपछि कोल्टी क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम बाजुराका सूचना अधिकारी मानबहादुर रोकायाले जानकारी दिए ।

सो क्षेत्रमा क्षेत्रमा पटक–पटक टेलिफोन सेवामा समस्यामा आउने गर्दछ । ‘सामान्य बादल लाग्नेबित्तिकै टावर गइहाल्छ, यसपटक ३ दिनसम्म लगातार हिमपात भएकाले टावर आउने कुरै रहेन,’ कोल्टीका व्यापारी जनम धामीले भने ।समस्या समाधानका लागि स्थानीय तह र टेलिकमले ध्यान नदिएको स्थानीयले आरोप लगाएका छन् ।

कोल्टी क्षेत्र सम्पर्कविहीन बनेपछि स्थानीयको दिनचर्या समेत प्रभावित भएको छ । बडिमालिका नगरपालिकास्थित कालाजग्रमा रहेको टेलिकमको रिपिटर टावरले पनि हिमपातका कारण काम गर्न छाडेको छ । टेलिकमका सेवा अवरुद्ध भएपछि बाजुराका सञ्चारमाध्यम तथा बैंकको सेवा अवरुद्ध हुन पुगेको नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्लले बताए ।

हिमपातका कारण बाजुरा लगायत समग्र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पटक–पटक फोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा स्थानीयलाई निकै सास्ती भएको छ । बाजुराको टेलिफोन मर्मतका लागि प्राविधिकको समस्या रहेको टेलिकम सुदूरपश्चिम प्रदेश प्रमुख नामाकरण न्यौपानेले बताए । हवाई सेवा शुरू भए प्राविधिक पठाउने उनले जानकारी दिए ।

हिमपात हुने बित्तिकै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा टेलिकमको टेलिफोन सेवा अवरुद्ध हुने गर्दछ । गत बिहीवारको हिमपातले बाजुरासहित अछाम र बझाङमा टेलिफोन सेवा अवरुद्ध रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]